काठमाडौँ, २४ पौष । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।
सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहीको केन्द्रीय अनुशन्धान ब्युरो सीआईबीले विशेष टोली परिचालन गरि छानबिन गरिरहेको भन्दै गृहमन्त्रीले धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
मन्त्री भएर आएपछि लामिछानेले धर्नामा रहेकी रुबी खानलाई दुई पटक टेलिफोन गरि यो घटनामा सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्