जनकपुरधाम, २७ पौष । मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
आज प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले ६३ प्रदेशसभा सदस्यको समर्थनसहितको पत्र बुझाएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाहेकका सबै दलले समर्थन गरेका छन् । नेकपा (एमाले)का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र)का सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्