राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकले पुर्‍याए निर्मलनिवास



काठमाडौँ, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकले स्कर्टिङसहित निर्मलनिवास पुर्‍याएका छन् । 

आज झापाबाट हेलिकप्टरमा काठमाडौँ फर्किएका शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न दुर्गा प्रसाईंसहित ठूलो संख्यामा समर्थक पुगेका थिए । उनीहरूले राजसंस्थासमर्थित नारासमेत लगाएका थिए । उनीहरूले नै शाहलाई निर्मलनिवास पुर्‍याएका हुन् ।