काठमाडाैँ, २ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू चुनाव लड्न मधेश झर्दा आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी परिवारको अंग बन्ने क्रम सुरु भइसकेको बताएका छन् ।
आज सर्लाही-४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले भने, ‘म यहाँ आउँदै गर्दाखेरी आगन्तुकजस्तो भएर आएको छु । गाउँ नयाँ, ठाउँ नयाँ, धेरै कुरा नयाँ छ । पहिरन नयाँ, खाना नयाँ,’ ‘तर यो मेरो र म यो परिवारको अंग बन्ने क्रम सुरु भइसक्यो । किनकि म त्यो नाता जोड्छु भनेरै आएको हो ।’
उनले कांग्रेसको सभापति भएपछि मधेशबाटै जितेर आउनुपर्ने आवश्यकता महशुस भएकाले मधेश झरेको बताए ।
उनले भने, ‘कांग्रेसको हुटहुटी नै त्यसमा छ । नेपाली कांग्रेसका नेता बिपी कोइरालाले २०३६ सालको जनमत संग्रहपछाडि जब हामी हार्यौँ । त्यसपछि राजाले बनाएको संशोधन समितिलाई सुझाव दिने कि नदिने भनेर निर्णय गर्दा बिपीले दिने भनेर निर्णय गर्नुभएको रहेछ,’ ।










प्रतिक्रिया दिनुहोस्