राजनीति

रवि लामिछानेद्वारा पाँचबुँदे करारपत्र सार्वजनिक



काठमाडौँ, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग करार भन्दै पाँचबुँदे पत्र सार्वजनिक गरेका छन् ।
 
आज उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै लेखेका छन्, “चुनावमा वाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै निरन्तर भोग्नुपर्‍यो । हामी पूरा नहुने वाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दै छौँ,” ।