राजनीति

कांग्रेसले बोलायो अनुशासन समिति बैठक



काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।  

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा गठन गरेको केन्द्रीय अनुशासन समितिको बैठक पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाएको हो । 

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट मुलुकभर बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको  जानकारी दिए ।