काठमाडौँ, ४ फागुन । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार आज दिनभरमा छपाइ सम्पन्न हुने भएको छ । आज ५ लाख मतपत्र मात्र छाप्न बाँकी छ । ती पाँच लाख मतपत्र बागमती प्रदेशका हुन् । ती आजै छापिसकिने छ ।
प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सकिने भएको छ ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेकोमा आज ४० दिनमै सकिँदैछ ।









प्रतिक्रिया दिनुहोस्