काठमाडौँ, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्ने अवस्था रहेको बताएका छन् ।
आज झापा-५ मा चुनावी घरदैलोको क्रममा ओलीले चार पल्ट प्रधानमन्त्री हुँदा एक कार्यकाल पूरा भएको स्मरण गरे ।
उनले भने, ‘ठ्याक्कै उभिएर विकास हुँदैन । पहिला भएको ठाउँभन्दा अलिकति अगाडि पाइला सार्नु पर्छ, अनि मात्रै यात्रा हुन्छ । यात्रा हुनलाई पाइला अगाडि सार्नु पर्छ । अगाडि पाइला सार्दा नयाँ ठाउँमा टेक्नुपर्छ । त्यो सबैले बुझ्दैन ।’ ‘मैले रेल फेरि सुरु किन गरे नेपालमा ? किन पानी जहाजको बाटोबाट समुद्रमा पुग्ने भनें मैले । त्यसका निम्ति काम हुँदै थियो । तर त्यो मैले सुरु गर्छु फेरि सरकार भत्काउँछ । फेरि सुरु गर्छु फेरि भत्काउँछ । यहाँहरूलाई थाहै छ । एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्यो । चार पल्ट प्रधानमन्त्री हुँदा एक कार्यकाल पूरा भयो ।”









प्रतिक्रिया दिनुहोस्