राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

बिहान ११ः०० बजे बस्नेगरी भर्चुअल बैठक आह्वान भएको छ । बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।