काठमाडौँ, ७ फागुन । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था भएको बताएका छन् ।
उनले प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था भएको उल्लेख गरेका हुन् । अध्यक्ष दाहलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, अभिव्यक्ति स्वतन्त्रता एवम् देशको समृद्धि र विकासका लागि सबैलाई एकताबद्ध भई अघि बढ्न प्रजातन्त्र दिवसले प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।
जारी शुभकामना सन्देशमा भनिएको छ, “जहानियाँ राणा शासनको अन्त गरी देशमा प्रजातान्त्रिक शासन व्यवस्था सुरुआत गरिएको फागुन ७ नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक दिन हो । प्रजातन्त्र दिवस मनाइरहँदा नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् संविधान सभाबाट निर्मित नेपालको संविधानको पालना, संरक्षण र कार्यान्वयनतर्फ सबैले ध्यान दिन जरुरी छ ।”









प्रतिक्रिया दिनुहोस्