काठमाडाैँ, ८ फागुन । नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम गरेको छ ।
आज आयोजित कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा जानकी तुलाधरले आयोग प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभइ सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताइन् । उनले निर्वाचनका क्रममा पत्रकारको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने उल्लेख गर्दै सत्य, पुष्टि गरिएका तथा सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरिन् ।
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले निर्वाचनअघि आयोजना गरिएको यस्तो कार्यक्रमले पत्रकारको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै के गर्ने र के नगर्ने भन्ने विषयमा स्पष्टता ल्याउने विश्वास व्यक्त गरिन् ।










प्रतिक्रिया दिनुहोस्