राजनीति

निर्वाचन सफल पार्न प्रधानमन्त्री कार्कीको निर्देशन



मुस्ताङ, ८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन सफल पार्न निर्देशन दिएकी छन् । 

जोमसोमस्थित इन्द्र बक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएकी छन् । 

उनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन् । प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै उनले भनिन्, “निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला ।” उनले आज वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् ।