राजनीति

कांग्रेसले काठमाडौँमा चुनावी सभा गर्ने



काठमाडौँ, ८ फागुन । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने भएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी दिए । 

प्रदेशमा पनि ठुला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको र कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने शनिबार टुङ्गिने प्रवक्ता चालिसेले जानकारी दिए ।