काठमाडौँ, ८ फागुन । नेकपा (एमाले)को झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन् ।
बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा सोही उपमहानगरको कालाखोला बस्ने ५५ वर्षिय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ ।










प्रतिक्रिया दिनुहोस्