दाङ, ९ फागुन । दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
गत फागुन ७ गते तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झन्डा जलाइएको थियो । सोही घटनाको अनुसन्धानलाई निरन्तरता दिने क्रममा प्रहरीले यी दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन् ।
यसअघि प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको थियो । योसँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्