राजनीति

रास्वपाका दुई नेताद्वारा पार्टी परित्याग



काठमाडौँ, ९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई नेताले पार्टी परित्याग गरेका छन् । नुवाकोटका नेता अशोककुमार थापा र बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टी परित्याग गरेका छन् ।

थापाले फेसबुकमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी बिचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताएका छन् । रातदिन संगठन निर्माणमा क्रियाशीलहरुलाई पाखा लगाउन एउटा तत्का क्रियाशील रहेको र पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेको अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको थापाले लेखेका छन् ।

फागुन २१ गते हुने आम निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रवेश गरेका  बिक्रम खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय लिएका हुन् ।