बिर्तामोड, १० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताएका छन् । झण्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाई छ ।
शनिबार झापाको भद्रपुरमा ३ नं. क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको ओलीले बताए । कसैको आस्था, विश्वासलाई कसैले जलाउन नपाएने बताउदै ओलीले रास्वपाबाट अपराधिक काम भएको बताएका हुन् ।
सुर्य अंकित झण्डा एमालेको आन्दोलनको प्रतिक भएको भन्दै आन्दोलनको प्रतिविम्बमाथि अपराध गर्ने छुट कसैलाई छ, उनले भने – यो अपमानपूर्ण काम स्वीकार्य छैन ।
रास्वपाले मनोनयनकै दिन दमकबाट अवाञ्छित गतिविधि सुरु गरेको उनको भनाई छ । रास्वपाले चुनाव नजित्ने भएपछि यो तहको हर्कतमा उत्रिएको ओलीको दावी छ । झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता स्पष्ट बनाएको छ । दाङमा झण्डा जलाएको घटनाले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको स्पष्ट पारे ।
झापा क्षेत्र नं. ३ को कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सयौं जेनजीहरुलाई एमालेमा स्वागत गरेका छन् । राष्ट्रिय युवा संघ भद्रपुरका अध्यक्ष दिपक बुढाथोकीले एमालेमा जेनजीहरुको उत्साहपूर्ण प्रवेशले थप उर्जा मिलेको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्