काठमाडौँ, १२ फागुन । सरकारले फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुने र २० गतेदेखि २२ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।
त्यस्तै सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको छ । निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्