काठमाडौँ, १२ फागुन । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ।
सर्वोच्चका सुचना अधिकारी निराजन पाण्डेका अनुसार आज न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको हो ।
प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले प्रकाउ गरेको थियो । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।










प्रतिक्रिया दिनुहोस्