राजनीति

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण



काठमाडौँ, १४ फागुन । जेनजी आन्दोलनका प्रतिनिधिहरूले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदन तोकिएको मिति फागुन २२ भन्दा एक दिन पनि म्याद नथपी सार्वजनिक गरी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् । “गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको मिति फागुन २२ भन्दा एक दिन पनि म्याद नथपी सार्वजनिक गरी  कार्यान्वयन गर्न तथा न्याय सुनिश्चित गर्न हामी जेनजी जनआन्दोलनका प्रतिनिधिहरू गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी जनआन्दोलनका क्रममा ७६ जनाको गैरन्यायिक हत्या र दुई हजार २१३ जनाभन्दा बढी घाइते भएको दुःखद घटना नेपाली समाजको सामूहिक स्मृतिमा अझै ताजा रहेको विज्ञप्तिमा उल्लेख छ ।