राजनीति

शेरबहादुर देउवा सिंगापुर प्रस्थान



काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।

गएराति ११ः३० बजे देउवा सिंगापुर प्रस्थान गरेको अध्यागमन स्रोतले बतायो । आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको अवस्थामा देउवा एक्लै सिंगापुर प्रस्थान गरेका हुन् । पार्टीको आन्तरिक विवादका कारण निर्वाचनप्रति सकारात्मक नदेखिएका देउवा चुनाव छल्नकै लागि सिंगापुर उठेको पार्टीमा चर्चा छ ।