राजनीति

सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न राजेन्द्र लिङ्देनको आग्रह



काठमाडौँ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालको प्रभावमा नपरी मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।

आज काठमाडौँ क्षेत्र नम्बर–२ मा चुनावी अभियानका क्रममा उनले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न आग्रह गरेका हुन् ।

विशेष गरी युवापुस्तालाई उनले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातल हेरेर निर्णय लिन आग्रह गरे । यसपटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया नभएको उनले उल्लेख गरे । हाल देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको उनले बताए ।