काठमाडौँ, १४ फागुन । निर्वाचन आयोगले यही फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।
आयोगका अनुसार मतदानका दिनमा अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका निम्ति प्रयोग हुने), कूटनीतिक नियोगका र पास प्राप्त गरेका बाहेक अरू सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० राति १२ः०० देखि २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका निम्ति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।
मतदानको मितिभन्दा सात दिनअघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न मुलुकभर प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय गरिएको छ । निर्वाचन सुरक्षाका निम्ति ७७ वटै जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबद्ध लगाउने निर्णय गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्