राजनीति

चुनावी तालमेलको निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल



काठमाडौँ, १४ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुराना दलबीच केही स्थानमा चुनावी तालमेल हुनसक्ने चर्चा चलिरहेकै बेला त्यसबारे निष्कर्षमा पुगिनसकेको बताएका छन् ।

आज दाङको घोराहीमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, ‘सञ्चारमाध्यममा आएका सबै कुरा साँचो हुन्छन् भन्ने छैन । जबसम्म दलहरू आफै बोल्दैनन् । तबसम्म हतार गरेर बोल्न उचित हुँदैन’, ‘चुनावी तालमेलबारे हामी अझै निष्कर्षमा पुगेका छैनौँ ।’

झापा-५, दाङ-२ लगायतका क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)सँग एमालेको चुनावी तालमेल हुने पछिल्लो समय चर्चा छ ।