राजनीति

रास्वपा प्रदेश महामन्त्री र जिल्ला सभापतिद्वारा पार्टी परित्याग: कांग्रेसमा प्रवेश



सुर्खेत, १७ फागुन । रास्वपा कर्णाली प्रदेशको महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरूसँगै रास्वपा छाडेका दर्जनौँलाई खादा मालाले स्वागत गरे ।