काठमाडौँ, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेका छन् ।
आज एक भिडियो सन्देश जारी गर्दै संयोजक प्रचण्डले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेका हुन् ।
सम्बोधनमा उनले ‘जेनजी’ आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गरे । देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै त्यसको मूल्यांकन इतिहासले गर्ने बताए ।
सरकारको नेतृत्वमा रहँदा सुशासन सुरु गरिएको, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको तथा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको उनको भनाइ छ । सो समयमा सुशासनबाट आत्तालिएका शक्तिहरूले सदनका पहिलो र दोस्रो दललाई एकै ठाउँमा उभ्याएको उनले बताए ।
प्रतिपक्षमा रहँदा पनि कुशासन, दम्भ र अहंकारविरुद्ध निरन्तर संघर्ष गरेकोले यस निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्यांकन गर्दै नेपाली कम्युनिस्ट पार्टीलाई मत दिने पनि बताए ।










प्रतिक्रिया दिनुहोस्