राजनीति

काठमाडौँमा कांग्रेस र एमालेबाट एक दर्जनभन्दा बढी कार्यकर्ता रास्वपा प्रवेश



काठमाडौँ, १८ फागुन । काठमाडौँ क्षेत्र नं. ५ मा नेपाली कांग्रेस र नेकपा (एमाले) परित्याग गर्दै १६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा रामप्रसाद पौडेल, विष्णु पौडेल, पवित्रा खड्का, खड्गबहादुर कार्की, सजना कार्की (महिला), भगवती खत्री (खरेल), बालकुमारी सिग्देल, दिव्या गिरी, सुष्मिता गिरी, कविता कार्की, विज्ञान कार्की, नीरज कार्की, मिना कार्की, श्रीर कार्की, विष्णु कार्की र सागर कार्की रहेका छन् ।

महाराजगन्जस्थित पार्टी कार्यालयमा आइतबार आयोजित कार्यक्रममा क्षेत्र नं. ५ का उम्मेदवार सस्मित पोख्रेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।