ललितपुर, १८ फागुन । ललितपुर महानगरपालिकाले जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी परिसर ललितपुरलाई आठ थान मोटरसाइकल सहयोग गरेको छ ।
आइतबार आयोजित एक विशेष कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ती मोटरसाइकलहरू प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको उपस्थितिमा भएको उक्त कार्यक्रममा नगर प्रमुख महर्जनले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र वोगटीलाई आठ थान पल्सर मोटरसाइकलको साँचो हस्तान्तरण गरे । ललितपुर महानगरपालिकाले यसअघि पनि प्रहरी प्रशासनलाई विभिन्न भौतिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्