काठमाडौँ, १९ फागुन । रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
देवदह प्रहरी चौकीका अनुसार गएराति साढे १० बजे दुर्घटना हुदा देवदह ७ निवासी २८ बर्षिय सुनिल पाण्डेको मृत्यु भएको हो ।
बुटवलबाट काठमाडौँ जाँदै गरेको लुप्र०१-००१ ख ०८१६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि देवदह–५ कै २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । पाण्डे र पाइजा दुवैजनालाई अस्पताल पुर्याए पनि उपचारको क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्