राजनीति

निर्वाचन बिदामा पनि सर्वोच्च अदालत खुल्ने 



काठमाडौँ, १९ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले दिएको बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ । 

सरकारले फागुन २४ गतेसम्म लगातार सार्वजनिक बिदा दिएकोले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि अदालत खुल्ला हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।

मतदानका दिन र शनिबारबाहेक यस अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने उनले बताए ।