राजनीति

पूर्वप्रधानमन्त्री भट्टराईको आज १५ औँ स्मृति दिवस



काठमाडौँ, २० फागुन । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज १५औँ स्मृति दिवस रहेको छ ।

भोलि हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि रहेकाले कांग्रेसले कुनै पनि कार्यक्रम गरेको छैन । २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका र दुई पटक प्रधानमन्त्री भएकाले उनी नेपाली राजनीतिमा चर्चित छन् ।  विसं १९८१ पुस ८ गते जन्मिएका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि दुई पटक प्रधानमन्त्री भएका भट्टराई विसं २०१५ मा संसद्को सभामुख भएका थिए । भट्टराई अडान भएको र आदर्शमा नचुक्ने नेताका रुपमा चिनिन्छन् । 

उनी २०५६ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बहुमत ल्याएपछि पनि प्रधानमन्त्री बनेका थिए ।