काठमाडौँ, २० फागुन । प्रतिनिधिसभा निर्वाचनका मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल (जसपा) सिराहा– ३ का उम्मेदवार अशेश्वर यादवसहित ५ जनालाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।
निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत रकमसहित पक्राउ परेका यादवलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्वाचन अधिकृतको कार्यालय सिराहाले निर्देशन दिएको हो ।
सिराहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले सम्पूर्ण कागजातहरूको अध्ययन पश्चात ३ दिनभित्र स्पष्टीकरण बुझाउने समय सीमा दिइएको बताए ।
प्रहरीले गएराति मौन अवधिका बेला नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित यादवलाई नियन्त्रणमा लिएको थियो । माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र.२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीमा संयुक्त चेकजाँच गर्ने क्रममा उक्त रकमसहित यादव नेतृत्वको समूह पक्राउ परेको थियो ।










प्रतिक्रिया दिनुहोस्