काठमाडौँ, २२ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐतिहासिक जेनजी विद्रोहपछिको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको देशव्यापी जनलहरलाई शान्त विद्रोहको संज्ञा दिएका छन् ।
आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यो जनमत सुशासन र समृद्धिका लागि आम जनताले व्यक्त गरेको तीव्र आकांक्षा भएको बताएका हुन्।
उनले लेखेका छन्, “ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ठ परिस्थितिमा सम्पन्न आमनिर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशब्यापी जनलहर पैदा भएको स्पष्ट भएको छ। यो देशमा मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नकालागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने हुन्छ।
देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ-राजनीतिक र बाह्य भू-राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना!










प्रतिक्रिया दिनुहोस्