राजनीति

विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीलाई उडाउन हुन्न : महावीर पुन



काठमाडौँ, २३ फागुन । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका महावीर पुनले विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरुलाई उडाउन नहुने बताएका छन् । 

आउँदो दिनहरूमा विपक्षीहरूसँग नै मिलेर म्याग्दीको विकासको लागि काम गर्नुपर्ने उल्लेख गर्दै उनले नारा, जुलुस, भोज भतेर जस्ता आडम्बरी कुराहरू मलाई पटक्कै मन नपर्ने बताए । मेरो जीतमा खुसीयाली मनाउन चाहनु हुन्छ भने आफ्नो गाउँघरमा नै मनाउन आग्रह गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनु होला । किन भने विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरुलाई उडाउन हुन्न। आउँदो दिनहरूमा विपक्षीहरूसँग नै मिलेर म्याग्दीको विकासको लागि काम गर्नु पर्छ । अनि नारा, जुलुस, भोज भतेर जस्ता आडम्बरी कुराहरू मलाई पटक्कै मन पर्दैन । मेरो जीतमा खुसीयाली मनाउन चाहनु हुन्छ भने आफ्नो गाउँघरमा नै मनाउनु होला।’