काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ सिटमध्ये आइतबार मध्यरातिसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा आएको छ भने चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।
जसमा रास्वपाले १२४ सिट जितेको छ, गोरखा–१ मा उक्त दलकै सुधन गुरुङले अग्रता लिइरहेका छन् । यस्तै कांग्रेसले १७, एमालेले ८, नेकपाले ७, श्रम संस्कृतिले ३ र राप्रपाले १ सिट जितेका छन् भने म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन् ।
नतिजा आउन बाँकी ४ निर्वाचन क्षेत्रमध्ये इलाम–१ र धनुषा–१ मा कांग्रेसको अग्रता छ भने गोरखा–१ मा रास्वपा र संखुवासभा–१ मा एमालेले अग्रता लिइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्