राजनीति

समानुपातिकमा कुन दलको कति मत ?



काठमाडौँ, २५ फागुन । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनाको पछिल्लो तथ्याङ्कअनुसार कुल ७९ लाख ८९ हजार ८७७ मतगणना सम्पन्न भएको छ । 

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा छ । उक्त पार्टी ३८ लाख ४९ हजार २८८ मतका साथ पहिलो स्थानमा  रहेको छ। रास्वपाले प्राप्त गरेको यो मत दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसको रहेको छ । काँग्रेसले १३ लाख ३ हजार ९९५ मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ भने नेकपा (एमाले) ११ लाख ४ हजार ११६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ६८ हजार ५१३ मत प्राप्त गरेको छ। यसपटकको निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले  २ लाख ७३ हजार ६ मतका साथ पाँचौँ स्थान ओगटेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ लाख ६८ हजार ५७५ मतसहित छैटौँ स्थानमा खुम्चिएको छ। 

यसैगरी जनता समाजवादी पार्टी (जसपा), नेपालले १ लाख १७ हजार ७२४ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १० हजार ७११ मत प्राप्त गरेको छ छ । 

मुलुकका अन्य साना दलहरूतर्फ जनमत पार्टीले ५० हजार ७९८ मत प्राप्त गरेको छ। राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको साझा चिन्ह ‘चकिया’ (जाँतो) ले ४४ हजार ५४५ मत बटुलेको छ। नेपाल मजदुर किसान पार्टी ३८ हजार ८८२ मतका साथ प्रतिस्पर्धामा रहँदा राष्ट्र निर्माण दलले २६ हजार ९८५ र राष्ट्रिय जनमोर्चाले २६ हजार १८५ मत पाएका छन्।

आयोगको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को पक्षमा १८ हजार ५२२ मत खसेको छ।