काठमाडौँ, २५ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अपिल गरेका छन् ।
आज जारी विज्ञप्तिमार्फत विगतमा पार्टीका तर्फबाट भएका गल्ती, कमजोरीको गम्भीर समीक्षा र जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरेका छन् ।
उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत भएर आफूले रुपन्देही–२ का मतदाताको फैसलालाई सहर्ष स्वीकार गर्ने बताएका छन् । उनले निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले भनेका छन्, “यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आआफ्नो विश्वासका आधारमा घण्टी, रुख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्नुहुने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु,” ।









प्रतिक्रिया दिनुहोस्