राजनीति

यी हुन् नेकपाले प्रत्यक्षतर्फ जितेका ८ सिट (सूचीसहित)



काठमाडौँ, २६ फागुन । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी देशभरका ८ निर्वाचन क्षेत्रमा विजयी भएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये ८ स्थानमा जित हात पार्दै नेकपा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको छ ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार पार्टी संयोजक समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमन्त्री वर्षमान पुनसहितका नेताहरूले जित हासिल गरेका छन् । पार्टीका तर्फबाट

रोल्पा निर्वाचन क्षेत्र नं‍ १ मा वर्षमान पुन

सल्यान निर्वाचन क्षेत्र नं. १ बाट रमेश कुमार मल्ल

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ बाट युवराज दुलाल

रुकुम पश्चिम निर्वाचन क्षेत्र नं. १ बाट गोपाल शर्मा

रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’

कालीकोट निर्वाचन क्षेत्र नं. १ बाट महेन्द्र बहादुर शाही

डोल्पा निर्वाचन क्षेत्र नं. १ बाट धन बहादुर बुढा

धनुषा निर्वाचन क्षेत्र नं. १ बाट पूर्वमन्त्री मातृका प्रसाद यादव