राजनीति

बाबुराम भट्टराई भारत प्रस्थान



काठमाडौँ, २७ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।

भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् ।

‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको सो बौद्धिक तथा वैज्ञानिक विमर्श नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने समिटमा डा. भट्टराई ‘गेस्ट अफ अनर’ को रूपमा सहभागी हुँदैछन् ।