राजनीति

कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने



काठमाडौँ, २९ फागुन । नेपाली कांग्रेसले भोलि निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउने भएको छ ।

महामन्त्री गुरुराज घिमिरेका अनुसार बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको छ । अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन ।

उनले भने, ‘क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी मिलाएर हामीले आयोगमा नाम बुझाउने तयारी गरेको छौँ। भोलि सम्ममा पठाउँछौँ। अहिलेसम्म नाम टुङ्गिएको छैन।’

प्रत्यक्षमा १८ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएर ३८ सीट पाएको छ ।