काठमाडौँ, २९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
आज दाङको राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा देविकोटमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पारे ।
उनले देविकोट क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्त्व उल्लेख गर्दै यहाँ पर्यटकहरूको आवागमन बढाउन आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान दिने बताए ।
यो ठाउँ स्वस्थानी व्रतकथामा आधारित यो स्थान पवित्र भूमि रहेको उल्लेख गर्दै यहाँ पर्यटकहरूको आवागमन बढाउन सकिने सम्भावना धेरै रहेको बताए । उनले प्रदेश सरकारले सोही अनुसार काम गर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्