राजनीति

रास्वपा सचिवालय बैठक बस्दै: दुई विषयमा छलफल हुने



काठमाडौँ, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।

समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ। 

साथै वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।