राजनीति

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने



काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ ।

अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले दिनेश थापामगरलाई अनुशासन समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।