राजनीति

रास्वपाको सचिवालय बैठक सर्‍यो



काठमाडौँ, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक आइतबार बस्ने गरि सरेको छ ।

आज बस्ने भनिएको बैठक भोलि बिहानका लागि तय भएको हो । बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने रास्वपा निकट श्रोतले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ। 

साथै वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।