राजनीति

४.७ प्रतिशत मत बदर



काठमाडौँ, ३० फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा ४.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा परिमाणमा मद बदर भएको हो ।

२०७९ सालको मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा बदर मत प्रतिशत ५.०६ प्रतिशत थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा बदर मतको प्रतिशत ५.१८ प्रतिशत थियो । 

२०७० सालको मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य चुनावमा ४.९६ प्रतिशत मत बदर भएको थियो । यसैगरी २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो चुनावमा भने ५.१५ प्रतिशत मत बदर भएको थियो । 

आयोगका अनुसार विगतका पाँच वटा चुनावको तुलनामा यसपटक औसतमा कम मत बदर भएको छ ।