काठमाडौँ, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ ।
बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे बैठकमा छलफल हुने भएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।










प्रतिक्रिया दिनुहोस्