काठमाडौँ, ६ चैत । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जेनजी आन्दोलनपछि सबै पक्षसँग छलफल र सकारात्मक संवादका कारण फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको बताएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदहरूलाई प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले अन्योलको वातावरणलाई चिर्दै तथा विभिन्न अप्ठ्यारालाई पार लगाउँदै सबैको सहयोगमा निर्धारित समयमा चुनाव सम्पन्न भएको भन्दै सबैको सहयोगका लागि धन्यावाद दिए ।
भण्डारीले भने, ‘यो आवधिक निर्वाचन नभएर भदौ २३ र २४ को विद्रोहपछि संविधानको संरक्षणका लागि राष्ट्रपतिले घोषणा गरेको निर्वाचन थियो’, ‘कटुता र निषेधको आशंकाकै बिच आयोगले निर्वाचन कार्यतालिका बनायो र निर्वाचनको विकल्प पनि थिएन ।’










प्रतिक्रिया दिनुहोस्