काठमाडौँ, ७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेशी समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
आज मधेशी आयोग स्थापना दिवसका अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेका बताएका हुन् ।
उनले भने, ‘जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि अघि बढ्नु आजको आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत जनताद्वारा अभिव्यक्त देश विकासको दायित्वलाई पूरा गर्न सबै पक्षलाई आह्वान गर्दछु’, ।
साथै उनले मधेशी समुदायले देश विकासमा पु¥याएको योगदानको सराहना गरे ।










प्रतिक्रिया दिनुहोस्