राजनीति

विदेशमा रहेका नेपाली सीआईएको कब्जामा रहेको चित्रबहादुर केसी दाबी



काठमाडौँ, ९ चैत । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीलाई अमेरिकी जासुसी संस्था सीआईएले कब्जामा लिएर घण्टीमा भोट हाल्न लगाएको दाबी गरेका छन् ।

आज एक पत्रकार सम्मेलनमा भन्दा पनि लाजमर्दो कुरा भन्दै अध्यक्ष केसीले विदेशमा रहेका नेपाली सीआईएको कब्जामा रहेको दाबी गरेका हुन् ।

उनले भने, ‘कतिसम्म लाजमर्दो भने विदेशमा जहाँजहाँ जागिर खान गएका छन्, पढ्न गएका विद्यार्थी छन्, ति सबलाई सीआईएले कब्जा गरेको छ,’ ‘उनीहरू आफ्ना आमाबाबु अभिभावकलाई घण्टीमा है भोट घण्टीमा, हैन भने म घर आउँदैन् । यस्तो देश हुँदाखेरी पनि हामी चिन्तित हुने कि नहुने ।’

अहिले सिंहदबार र सर्वोच्च जलाउनेहरू ठुलो संख्यामा आएको बताउँदै अध्यक्ष केसीले सधैँ जनताले सही निर्णय नदिने टिप्पणी गरे । उनले भने ‘सिंहदरबार डढाल्नेहरू, सर्वोच्च अदालत डढाल्नेहरू, संसद् डढाल्नेहरू अहिले त ठुलो संख्यामा आए त । जनताले सधैँ सही फैसला गर्छन् भन्ने कुरा होइन्,’ ।

जनतालाई यो अवस्थामा लैजाने कम्यनिस्ट नाम गरेकै शक्तिले रहेको अध्यक्ष केसीले  बताए । उनले भने, ‘तपाईँहरूले मलाई संसद्मा सुन्नुभएकै छ । कि तिमिहरू सच्चियो, कि सक्किन तयार होऔँ भन्ने कुरा भनेकै थिएँ ।’ नेपालको स्थितिलाई लिएर सबै दलका नेतासँग बसेर छलफल गर्ने उनले बताए । ‘मुलुक त गयो त, चीनको विरुद्ध लड्न नै अमेरिकाले यो खेल खेलेको हो,’ अध्यक्ष केसीले भने । यो कांग्रेस, एमाले, माओवादीले भ्रष्टाचार गरेको र जनताले सुख नपाएर नभएको उनले दाबी गरे ।