काठमाडौँ, ११ चैत । कर्णाली प्रदेश सरकारले ल्याएको ‘कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक’ पारित भएको छ ।
मङ्गलवार साँझ बसेको प्रदेश सभा बैठकमा उक्त विधेयक बहुमतले पारित भएको हो ।
यो विधेयक बनेसँगै कर्णालीको लाेक साहित्य, संस्कृति, पुरातत्त्व, लोकवार्ता, ललितकलाको विकास टेवा पुग्ने अपेक्षा गरिएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।
अब प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा जारी भई कार्यन्वयनमा आउने छ । ऐन मार्फत कर्णाली प्रदेशमा प्रज्ञा सम्बन्धी गतिविधिहरू सञ्चालन हुनेछन् ।










प्रतिक्रिया दिनुहोस्